गुट्खाजन्य पदार्थ निषेध गर्न मनहरी गाउँपालिकाको चेतावनी

अखबार हब
२०८० श्रावण २, मंगलवार १९:५१

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले गुट्खाजन्य पदार्थ निषेध गर्न चेतावनी दिएको छ । सोमवार एक सूचना जारि गर्दै पालिकाले गुट्खाजन्य पदार्थको विक्री वितरण नगर्न श्रावण १५ गतेसम्मको  चेतावनी दिएको हो।

श्रावण १५ गते सम्ममा गुट्खाजन्य पदार्थको मौज्दात शुन्य गराउन व्यवसायीहरुलाई सुचना मार्फात आग्रह गरेको छ । बढ्दो रुपमा गुट्खाजन्य पदार्थको सेवनका कारण मानीसको शरीरमा हानी हुने भएकाले यसलाई निषेध गरीएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षीक नीति तथा कार्यक्रममै सो कुरा समेटेर गुट्खाजन्य पदार्थ मुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष कालाखेती बताउँछन् ।

श्रावण १५ गतेपश्चात गाउँपालिकाभित्रका कुनै पनि पसलहरुबाट गुट्खाजन्य पदार्थको विक्री तथा वितरण गरिएमा सामाग्री जफत गरीने र कानुन वमोजिम कारवाहि गरीने अध्यक्ष कालाखेतीद्धारा हस्ताक्षर गरीएको सुचनामा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*