माओवादीका वडा पदाधिकारी रास्वपा प्रवेश
मकवानपुर । नेकपा माओवादी केन्द्रका ९ जना वडा पदाधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
माओवादी केन्द्रको हेटौंडा –१२ नम्बर कमिटीका बरिष्ठ नेता आशाविर बलसहित ९ जना रास्वपा प्रवेश गरेका हुन् । माओवादी परित्याग गरि रास्वपा प्रवेश गर्नेहरुमा वडा कमिटी उपाध्यक्ष अष्टबहादुर घलान, सदस्यहरु राजकुमार सोनार (राजु), धेसदोर्जे बल, कृष्णमाया सोनार, श्यामबहादुर घलान, कृष्ण अर्जेल, श्रीप्रसाद लोप्चन रहेका छन् ।
उनीहरूलाई मंगलबार (आज) एक औपचारिक कार्यक्रमका बीच रास्वपा जिल्ला संयोजक भरत पराजुलीले ब्याज वितरण गरेर पार्टीमा प्रवेश गराएका हुन् ।
कार्यक्रममा रास्वपा नेता टाकाराज थापा (सुरेश), किसोर अर्याल, जिल्ला उपसंयोजक प्रकाश गौतम, मकवानपुर क्षेत्र नं।२ का पार्टी सदस्य सञ्जीव पाठक, नगर सभापति ध्रुवबहादुर बिष्ट, रास्वपा नेता राममणि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।







