जलहरीमा नेताका नाम हुनु सामान्य : एमाले सचेतक बर्तौला

अखबार हब
२०८० असार १२, मंगलवार १९:११

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले जलहरीमा नेताहरुको नाम हुनुलाई ‘सामान्य’ भनेका छन् । नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको भन्दै उनले जलहरीमा नेताका नाम हुनुलाई ‘सामान्य’ भनेका हुन् ।

उद्घाटन गर्ने नेताको नाम जलहरीमा हुनु स्वभाविक भएको उनको तर्क थियो ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्छ तर त्यहाँ लेखिएको कुरालाई जबरजस्त ठूलो बनाइयो ।’

उनले एमालेलाई बदनाम अनेक प्रयास भइरहेको बताए । ‘जलहरी प्रकरणमा एमाले नेतालाई मुछ्न खोजिएको छ’, उनको भनाइ छ, ‘उद्घाटन गर्ने नेताको नाम जलहरीमा हुनु स्वभाविक हो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*