बागमती प्रदेशको बजेट सात वर्ष यताकै कमजोर : थपलिया
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले सरकारले सदनमा प्रस्तुत गरेको बजेट सात वर्ष यताकै कमजोर भएको बताएका छन् । प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेट पछि पत्रकारसगँ प्रतिक्रिया दिदैँ थपलियाले प्रदेश स्थापना भए यताकै कमजोर बजेट हालको सरकारले ल्याएको बताए ।
बिचौलियाहरुको सेटिङमा मेशिन औजार खरिद गर्ने कुरालाई बजेटले प्रोत्साहित गरेको आरोपसमेत लगाएका छन् ।
दिगो बिकासका आधारमा १७ वटालाई यो बजेटले दरो रुपमा समात्न नसकेको उनले बताए । खाद्य सुरक्षा, सरसफाइ, रोजगारीलाई मर्यादा दिने असमानता हटाउने कुनै ठोस योजना नभएको थपलियाले बताए । पुर्वाधार आवास ब्यबस्थापनमा कुनै योजना नभएको उनको भनाई छ ।
नेता थपलियाले जलबायु सन्तुलन ल्याउने बिषयमा प्रदेश सरकार मौन रहेको आरोप लगाएका छन् । प्रदेशका शिक्षामा रणनीति तय गर्ने एक शब्द राखेर कुनै गुणस्तरीयता दिने कार्यक्रम नभएको बताए । परिक्षामा कमजोर विद्यार्थीले नोट र किताब सार्न चाहिँ सिपालु विद्यार्थी जस्तै बिगतमा बजेट र अन्य प्रदेशको टुक्रा टुक्रा जोडेर पेश गरिएको बताए । बजेट प्रदेस अनुसार कुनै शिर्जनात्मकता केही नभएको बताए ।
युवा रोजगारीमा कुनै ठोस कार्यक्रम छैन, बिदेश पलायन हुने युवाका लागि कुनै कार्यक्रम नभएको बताए । राजस्व वृद्धिका कुनै तथ्यांकीय योजना नभएको उनको आरोप छ । पुर्व सरकारले ल्याएका गौरवका योजना जस्तै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दुग्ध र सहकारी बोर्ड आदिलाई पुनःसंरचना गर्ने नाममा विघटन गर्ने दाउमा प्रदेश सरकार रहेको बताए । प्रादेशिक संसदीय स्वरुपलाई जुन ढङ्गले आक्रमण भएको छ त्यसलाई उचित जवाफ यो बजेटले दिन नसकेको बताए ।







