भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने: एमाले नेता ज्ञवाली
मकवानपुर । नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञावलीले नेकपा एमालेले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताउनु भएकाे छ ।
नेकपा एमाले, मकवानपुर जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले भ्रष्टाचारकाे उजागर गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले भएकाे उहाँले बताउनु भयाे ।
राष्ट्रियता रक्षा, संघीय लाेकतान्त्रिक गणतन्त्रकाे सुदृढीकरण, विकास र समृद्वि तथा सुशासनकाे बारेमा नेकपा एमाले कुनै सम्झाैता नगर्ने बताउँदै पार्टीप्रति चाैतर्फी घेराबन्दी हुनु र मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजाेर हुनु, लाेकतन्त्रकाे विरूद्वका शक्ति सल्बलाउनु कुनै संयाेग नभएर मुलुकलाई कमजाेर बनाउने याेजनाबद्व षडयन्त्र भएकाे दावी गर्नुभयाे । उहाँले पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताकाे समस्या र दुःखमा सहभागी भएर सबैखाले भ्रमहरूलाई चिर्दै नेकपा एमालेलाई सुदृढ बनाउँदा मात्र विराेधीहरूकाे जस्ताेसुकै षडयन्त्र समाप्त पार्न सकिने बताउनु भयाे ।
प्रशिक्षण कार्यक्रममा पाेलिटव्यूराे सदस्य तथा स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले दर्शनले सही दिशा देखाएन, सिद्धान्तले व्यवहारमा सिद्धि प्राप्त गरेन, नीति-कार्यक्रम कार्यान्वयनमा गएनन् , कार्यशैली जीवन शैली बनेन, इच्छा शक्ति कार्य शक्तिमा रूपान्तरण भएन, कर्तव्यले गन्तव्य देखेन र निजी स्वार्थहरू सामुहिक स्वार्थमा वदलिएन भने कम्युनिष्ट राजनीतिको मूल्य ह्रास हुँदै जाने बताउनु भयाे ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल, केन्द्रीय निर्वाचन विभागकाे सदस्य अनन्त पाैडेल, प्रदेश कमिटीका सदस्यहरू, सल्लाहकार परिषद् र विभागका सदस्यहरूकाे अथित्यतामा भएकाे प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च तथा लेखा कमिटीका पदाधिकारीहरू, पालिका र विशेष ईलाका कमिटीका अध्यक्षहरू, जनसंगठनका केन्द्रबाट जिल्ला ईन्चार्ज तथा जिल्ला अध्यक्षहरूसहितकाे १ सय ५० जनाकाे उपस्थिति रहेकाे नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले बताउनु भयाे । जेठ ३१ र ३२ दुई दिन भईरहेकाे प्रशिक्षण कार्यक्रममा वाईवि आचार्यले सूचना प्रविधिकाे प्रयाेगबारे आज प्रशिक्षण दिने सचिव सिग्देले बताउनु भयाे । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे प्रशिक्षण कार्यक्रमपछि जिल्लाव्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताईएकाे छ ।







