विन्दबासिनी कंशाकारले लिइन् सांसद पदको शपथ
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी विन्दबासिनी कंशाकारले शपथ लिएकी छन्।
सांसद कंशाकारलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।
समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।
श्रेष्ठको ठाउँमा कंशाकार सांसद बनेकी हुन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप बाहिरिएपछि रास्वपाले छानबिन गरी ढाकाकुमारलाई हटाएको थियो।
श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका थिए।
त्यसपछि रास्वपाले विन्दबासिनी कंशाकारलाई उनको ठाउँमा समानुपातिक सांसद बनाएको थियो।







