मुख्यमन्त्रीको अलमलका बिच प्रदेश सरकारकोे नीति तथा कार्यक्रम (भिडियोसहित)
मकवानपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का नेता सुरेन्द्रराम गोसाईंले बागमती प्रदेश सरकारले अलमलका बीच आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताएका छन् ।
प्रदेश सरकारले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । मुख्यमन्त्री शालिगराम जम्कटेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा गाईजात्रा देखाएको नेमकिपाका नेता गोसाईले आरोप समेत लगाएका छन् ।
‘आज एउटा गाईजात्रा भएको छ, निति तथा कार्यक्रम प्याकिङ गरेर मुख्य मन्त्रीज्युले प्रदेश प्रमुखलाई हस्तान्तरण गर्नु भएको थियो । खोलेर हेर्दा भित्र केहि थिएन् पुरै खालि, यो एउटा बिजोकको स्थिति छ र अहिलेको प्रदेश सरकारको काम गर्ने शैली ठाचाँ, र अवस्था आजको ५ मिनेटको अलमल हेर्दा गठबन्धनको बेमेल देखिन्छ’ – गोसाईले भने ।
नीति तथा कार्यक्रममा जोस जागँर नदेखिएको र गठबन्धन भित्रको भाडभैलो आजको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा देखिएको नेमकिपाले आरोप लगाएको छ ।
भिडियो







