गठबन्धन सरकारकाे कारण अर्थतन्त्र संकटमा: एमाले नेता ज्ञवाली
मकवानपुर । नेकपा एमालेका केन्द्रीय पाेलिटव्यूराे सदस्य देवि ज्ञवालीले गठबन्धन सरकारकाे कारण मुलुककाे अर्थतन्त्र संकटमा परेकाे बताउनु भयाे ।
उहाँले नेकपा एमाले सम्बद्व पेशाकर्मीहरूकाे मकवानपुर जिल्ला भेलालाई सम्बाेधन गर्दै उहाँले सरकार गठन नै षडयन्त्रकाे जगमा भएकाेले वर्तमान सरकारप्रति देशभित्र र बाहिर विश्वास नभएकाे नेता ज्ञवालीले दावी गर्नुभयाे ।

पार्टीले देशव्यापी रूपमा संगठन सुदृढीकरणकाे लागि मिसन ग्रासरूट सञ्चालन गरेकाे र अभियान पश्चात् पार्टी र जनसंगठनका सबै कमिटी चुस्त हुने, सदस्य नवीकरण र विस्तार हुने उहाँकाे भनाई थियाे ।
पेशागत ईलाका कमिटी, पेशागत महासंघ र नेपाल बुद्विजीवि परिषद्, मकवानपुरकाे आयाेजनामा भएकाे भेलामा नेकपा एमाले जिल्ला कमिटीअध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, नेपाल बुद्विजीवि परिषद्का जिल्ला अध्यक्ष माेहन शर्माले मन्तव्य राख्नु भएकाे पेशागत महासंघका अध्यक्ष श्रीराम दाहालले बताउनु भयाे । पेशागत ईलाका कमिटीका अध्यक्ष उद्वव भट्टराईकाे अध्यक्षतामा भएकाे भेलामा पार्टी प्रदेश कमिटी सदस्यहरू सम्राट तुम्बाहाम्फे, भाेजराज ढकाल, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज विष्णु अर्याल, संगठनका प्रदेश अध्यक्ष बरूण शाहलगायतकाे उपस्थिति रहेकाे थियाे ।







