प्रचण्ड राजनितिक अस्थीरता निम्त्याउने खेलमा लागे : गोकर्ण विष्ट
मकवानपुर । नेकपा (एमाले)का सचिव गोकर्ण विष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशमा राजनितिक अस्थीरता निम्त्याउनले खेलमा लागेको बताएका छन् । आज प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
‘एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनु भएको थियो । उहाँले सहमतीलाई दुई महिना बित्न नपाउँदै तोड्नु भयो, त्यसकारण देशमा अस्थीरता निम्त्याउने कामको अगुवाही प्रचण्डले निर्वाह गर्नुभएको छ’ उनले भने ।
उनले अहिले गठबन्धन नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, सुशासन र समृद्धिलाई कमजोर पार्न चाहाने शक्तिहरुको इच्छा अनुसार बनेको भन्दै गठबन्धनको आयु लामो नरहने बताए ।
उनले तत्तकाल कांग्रेससँग मिलेर सरकार बनाउने अवस्था नदेखिएको तर राजीतिमा असम्भव भन्ने केहि पनि नहुने बताउँदै निकट भविष्यमा आवश्कतालाई भविष्यका दिनहरुले थप प्रभावकारी बनाउने उल्लेख गरे ।
नेता विष्टले सरकारले मलमा मुल्यवृद्धी गरेर किसानलाई आघात पु¥याएको बताए । किसानलाई सुविधा दिने, अनुदान दिने, कृषि क्षेत्रमा थप रोजगारी सृजना गर्दै देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा मल, बिउ बिजन लगाएतका अत्यावश्यक वस्तुहरुमा मूल्यवृद्धि गरेर देशलाई परनिर्भर बनाउन खोजेको नेता विष्टको भनाइ छ ।







