ओभर लोड बोक्ने टिपर नियन्त्रण गर्न रास्वपाको ध्यानाकर्षण

अखबार हब
२०७९ चैत्र १, बुधबार १३:३१

मकवानपुर । टिपरहरुले क्षमता भन्दा बढी भार बोकी हिडिरहेको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आपत्ती जनाएको छ । मंगलबार मकवानपुरका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ध्यानाकर्षण पत्र बझाएर उक्त कार्य तत्काल रोक्न अपिल गरेको हो ।

यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रशासन कार्यालयका प्रमुखलाई मौखिक रुपमा जानकारी गराउदासमेत चासो नदिएको कारण मंगलबार पत्र मार्फत प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको रास्वमा जिल्ला सहसंयोजक प्रकाश गौतमले जानकारी दिए ।

हेटौंडा बजार क्षेत्रमा कानुन विपरित ओभर लोड बोकि निर्वाहत रुपमा गुडिरहेका टिपरलाई तत्काल रोकी कानुन बमोजिम अनलोड गराई कारवाही गरि नागरिकको जिउ ज्यानको सुरक्षाको प्रताभुती दिनु पर्ने माग गरेका छन् । त्यस्ता कार्य नरोकी हुने कुनै पनि दुर्घटना हुन गएको खण्डमा प्रशासन स्वयम जिम्मेवारी हुने ध्याणकर्षन पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र

यसमा तपाइको मत

Your email address will not be published.


*