बागमतीमा मानव अधिकार उल्लंघनका घटना बढ्दो : इन्सेक

अखबार हब
२०७९ फाल्गुन ७, आईतवार १५:३२

मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बागमती प्रदेशमा मानव अधिकार उल्लंघनका घटना बढेको तथ्यांक सार्वजनिक गरेको छ ।

इन्सेकले आइतबार सार्वजनिक गरेको सन् २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, बागमती प्रदेशमा गत वर्षको तुलनामा यो वर्ष २ सय २४ वटा मानव अधिकार उल्लंघनका घटना बढी भएको तथ्यांक सार्वजनिक गरेको हो । गत वर्ष प्रदेशमा १ हजार १ सय ८३ मानव अधिकार उल्लंघनका घटना भएका थिए ।

इन्सेकले सन् २०२२ मा बागमतीमा कुल १ हजार ४ सय २५ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको विवरण सार्वजनिक गरेको हो । इन्सेकका अनुसार, यो एक वर्षमा मात्र प्रदेशमा ६२ को हल्या भएको छ ।

३८ जना गिरफ्तार भएको र ८७ जनामाथि कुटपिट भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कारागारमा ४५ जनाको मृत्यु भएको छ ।

इन्सेकले राजनीतिक प्रकृतिका मानव अधिकारका घटना केही कमी भएपछि सामाजिक र जनजीविकाको पाटोमा मुलुकको अवस्था सुधार हुन नसकेको औल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*