एमाले मकवानपुरले गर्यो बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई सम्मान
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले बागमती प्रदेशमा पार्टीका तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई सम्मान गरेको छ । एमाले मकवानपुर पार्टी कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त मन्त्रीहरुलाई सम्मान गरेको हो ।
बुधबार बगमती प्रदेश सरकारमा एमालेबाट एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ र केशव पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए ।
उनीहरुलाई एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना लगाएत एमाले नेताहरुले स्वागत एवं सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, हरि बहादुर महत, जिल्ला सचिब नविन सिग्देल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागि मन्त्रीहरुले आफुहरु पार्टीकै कारण मन्त्री बनेकोमा अब पनि पार्टीको निर्देशन अनुसार काम गर्ने बताएका छन् ।







