वाल जीवन ज्योतिको २९ औं अभिभावक भेला
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा रहेको बाल जीवन ज्योति माविको बार्षिक अभिभावक भेला सम्पन्न भएको छ ।
विहिवार पालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा विद्यालयले आफ्नो २९ औं बार्षिक अभिभावक भेला अयोजना गरेको हो ।
मकवानपुरको पश्चिम भेगमा रहेको उक्त विद्यालयमा निर्माण भएको ४ कोठे पक्की भवनको समेत अभिभावक भेलाकै अवसर पारेको उद्घाटन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद खनालले जानकारी दिए । विद्यालयमा हाल कक्षा ११ सम्म अध्यापन गराउँदै आएको उनले बताए ।

विद्यालय स्थापनाको समयमा जग्गा दान गर्ने दाताहरुको अभिलेखसहितको भित्ते लेख भेलाको अवसर पारेर उद्घाटन गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले नित्य तथा विभिन्न काला प्रस्तुतीसमेत देखाएका थिए ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी, शिक्षा साखा अधिकृत हरिचन्द्र सापकोटा लगाएको विशेष आतिथ्यता रहेको थियो ।







