राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो भरत पराजुलीलाई उम्मेदवार सिफारिस

अखबार हब
२०७९ भाद्र ९, बिहीबार १५:२६

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेलाले उम्मेदवार छनोट गरेको छ ।

आज हेटौंडामा भएको पार्टीको प्रथम प्रारम्भिक जिल्ला भेलाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर संघीय क्षेत्र नं. २ बाट भरत पराजुलीलाई उम्मेदवार सिफारिस गरेको हो ।
पराजुली काँग्रेस मकवानपुरका पुराना नेता समेत हुन् । उनले नेपाली काँग्रेस छाडेको औपचारीक घोषणा भने गरिसकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*