जबरजस्ती करणीको आरोपमा पूर्ववडाध्यक्ष पक्राउ

अखबार हब
२०७९ जेष्ठ १३, शुक्रबार १९:५१

नेपालगन्ज । बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जबरजस्ती करणी गरेको आरोपमा नेपाली कांग्रेस कोहलपुरका नेता नीमबहादुर चलाउनेलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका १० का पूर्ववडाध्यक्षसमेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले बताए ।

चलाउनेलाई पक्राउ गरी हिरासतमा राखिएको र थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप गरिएको मल्लले बताए ।

केही समयअघि कोहलपुरकै एक महिलाले आफूमाथी जबरजस्ती करणी गरेको भन्दै चलाउनेविरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*