गठबन्धनलाई पराजित गर्दै निजगढमा एमाले विजयी
बारा । बाराको निजगढ नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएको छ ।
गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल र माओवादी केन्द्रका रवीराज दंगाललाई पराजीत गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएको हो ।
एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गरि निर्वाचित भए भने गठबन्धकबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेश कुमार खनालले ८ हजार ८ सय २३ मत प्राप्त गरि पराजीत भए ।
त्यस्तै नेकपा एमालेका उपमेयर पदका उम्मेदवार सोममाया थिङ (मुन्ना) ले ८ हजार ६ सय ५९ मत प्राप्त गरि निर्वाचित भ एभने गठबन्धनबाट माओवादी केन्द्र का रवीराज दंगालले ८ हजार ५ सय १८ मत प्राप्त गरि पराजीत भए ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार पुरीले ६ सय ५२ बढी मतले विजयी भएका हुन् भने उपमेयर पदका उम्मेदार थिङले १ सय ४१ बढी मत प्राप्त गरि विजयी भएका हुन् ।
खनाल ०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित मेयर हुन् ।







