मनहरी ५ मा माओवादीको उम्मेदवार अधिकारी निर्वाचित

अखबार हब
२०७९ जेष्ठ २, सोमबार १९:०६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न भएको भएको मतणनाको परिणाम अनुसार अधिकारी ७ सय २० मतका साथ विजयी भएको हो । उनका निकटतम प्रतिद्धोन्दी नेपाली काँग्रेसका योगेन्द्रबाहादुर अर्याले ५ सय ७३ मत पाएका थिए ।

अर्का प्रतिस्पर्धी नेकपा एमालेका किशोर बर्तौलाले ५ सय २१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका ३ सदस्य र नेपाली कांग्रेस बाट काजिमान स्याङ्गतान सदस्य पद मा विजय भयका हुन्

गठबन्धनका साझा उम्मेदवार रञ्जन कालाखेतीले मनहरी ५ बाट ९३० प्राप्त गरेका छन् भने ,नेकपा एमालेका उम्मेदवार एकराज उप्रेती ५०० र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नारायण श्रेष्ठले १९२ मत प्राप्त गरेका छन् ।

यता उपाध्यक्षमा गठबन्धनकी सीता पुलामि मगरले ८३३, नेकपा एमालेकी सुजीता थिङले ५५२ र नेकपा (एकिकृत समाजवादी)की मनिला विष्टले १८१ मत प्राप्त गरेका छन् । हाल सम्म ५ वटा वडा को मतगणना भएको छ । नेपाली कांग्रेस ले मनहरी १,३, विजय हासील गरेको छ, भने माओवादी केद्रले मनहरी २,४,५ मा जीत हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*