निजगढमा गठबन्धनको अग्रता, पछ्याउँदै एमाले

अखबार हब
२०७९ जेष्ठ १, आईतवार २२:०९

बारा । बाराको निजगढ नगरपालिकाको सभाहलमा मतगणना जारी छ ।  निजगढ नगरपालिकाको मेयरमा गठबन्धन र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ४६७६ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर का उम्मेदवार सुरेश कुमार खनाल २४४६ मतसहित पहिलोे स्थानमा रहन सफल भएका छन् ।

दोश्रा स्थानमा भने नेकपा एमालेका सुरथ पुरी १९२५ मतसहित रहेका छन् । निजगढ नगरपालिकाको १३ र १२ नम्मबरमा भने गठबन्धनका वडा अध्यक्षका उम्मेदवारहरुले जीतहात पारेका छन् ।

यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ हजार ९ सय ९१ मत प्राप्त गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*