एमाले मकवानपुरगढी : अध्यक्षको उम्मेदवारमा पुनः हुमागाईं

अखबार हब
२०७८ चैत्र २७, आईतवार १४:१८

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचमा नेकपा एमालेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्ग्ययाको छ ।

आइतबार बसेको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई विदुर हुमागाईले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

यस्तै उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  थिङ यसअघि मकवानपुरढी गाउँपालिका वडा नं ४ को सदस्य थिइन् । उनले गाउँपालिकाको न्यायिक समितिमा रहेर काम गरिसकेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*