सुनाचुरी बस दुर्घटना अपडेट : मृतक दुईको सनाखत

अखबार हब
२०७८ चैत्र ४, शुक्रबार ११:३२

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी –६ सुनाचुरीमा भएको यात्रुवहाक बस दुर्घटनामा परि मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

शुक्रवार विहान हेटौंडाबाट भरतपुतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुबहाक बस मनहरी गाउँपालिका–६ सुनाचरीमा अनियन्त्रित भइ पल्टिएर दुर्घटना हुँदा दुईको मृत्यु र १२ जना घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृत्यु हुनेमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र यात्रु २९ वर्षीय शम्भु दराई मगर रहेका छन् ।

दुर्घटनामा घाइते १२ जनाको उपचारका लागि चितवन पठाइएको थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*