बारामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

अखबार हब
२०७८ चैत्र ३, बिहीबार २२:५७

बारा । बारामा मोटरसाइलको ठक्करबाट एक बालकको ज्यान गएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका(१८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो ।

पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*