हेटौंडाबाट होलीमा विकृति फैलाउने करिब एक दर्जन युवा पक्राउ

अखबार हब
२०७८ चैत्र ३, बिहीबार २१:२७

मकवानपुर । हेटौंडामा होली मनाउने क्रममा विकृति फैलाउने एक दर्जन युवा पक्राउ परेका छन् ।

होली मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने र मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्ने एक दर्जन युवा पक्राउ परेका हुन् ।

होली मनाउने बहानामा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्ने करिब एक दर्जन पक्राउ परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए।

होली मनाउने क्रममा सम्भावित घटना हुन सक्ने भन्दै मकवानपुरभर करिब ३०० प्रहरी परिचालन गरेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्ने अधिकांश २५ वर्ष मुनिका युवायुवती रहेको र परिवारको जिम्मा लगाएर पठाउने तयारी भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*