आयल निगम बारा अम्लेखगञ्ज डिपोमा आगालागी, २ जना घाइते

अखबार हब
२०७८ चैत्र ३, बिहीबार १७:०४

मकवानपुर । नेपाल आयल निगम बाराको एकमात्र अम्लेखगञ्ज डिपोमा आगालागी भएको छ ।

भारतको बरौनीबाट अम्लेखगञ्ज डिपोको ‘अनलोडिङ पोइट’मा रोकेर राखिएको ना.४ख २६५६ नम्बरको ट्र्याङकरमा आगलागी भएको हो ।

आगलागीबाट उक्त ट्याङ्कर पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा रहेको अर्काे ट्याङकरमा समेत आंशिक क्षेति भएको घटना स्थलबाट अखबार हबकर्मी बिशाल उप्रेतीले जानकारी दिए

आगलागीबाट ट्याङकर चालक सामान्य र सह–चालक गम्भीर घाइने भएको उप्रेतीले बताए ।

ट्याङकरको वाइरिङ सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । अहिले भने अम्लेखगञ्ज डिपोको वारुणयन्त्र र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*