मकवानपुरमा होली सुरक्षा व्यवस्था कडा, ३ सयभन्दा बढी प्रहरी परिचालन
मकवानपुर। मकवानपुरमा आज होलीको दिन सुरक्षा व्यवस्था कडा पारिएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडासमेत रहेको मकवानपुरमा सुरक्षा व्यवस्थाका लागि ३ सयभन्दा बढी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित बनाउन जनशक्ति परिचालन गरेको उनले बताए।
त्यस्तै हेटौंडा प्रवेश गर्ने नाकाहरुमा चेकिङ भइरहेको समेत गुरुङले बताए। होलीलाई मर्यादित बनाउन कसैको इच्छाविपरीत लोला हान्ने तथा रङ दल्ने काम नगर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आग्रह गरेका छन्।







