स्थानीय तहको निर्वाचमा एकै मत र मन भएर लाग्ने कांग्रेसका तीन नेताको उद्घोष
मकवानपुर । स्थानीय तहको निर्वाचमा एकै मत र मन भएर लाग्ने कांग्रेस मकवानपुरका तीन नेताले प्रतिबद्धता ्ब्यत्त गरेका छन् । बुधबार हेटौंडामा जिल्ला सभापतिका उम्मेदवार जयराम लामिछाने निर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै आगामी स्थानिय निर्वाचमा पार्टीलाई विजय गराउन एकै मन र मत भएर लाग्ने प्रतिबद्धता ब्यत्त गरेका हुन् ।
काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित बुद्ध लामा तथा सभापतिका उम्मेदवारद्वय आनन्दराम पराजुली र जयराम लामिछानेले अबको गन्तव्य स्थानीय तहको निर्वाचन भएको भन्दै आफूहरु एकै मत र मन भएर संगठनमा लाग्ने उद्घोष गरेको हो ।
जिल्ला सभापति लामाले पार्टीभित्रको सबै विचारको सम्मान गर्दै अगाडि बढ्ने बताउँदै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएको बताए ।
सभापतिका प्रतिस्पर्धि पराजुलीले जिल्ला अधिवेशनका प्रतिनिधिहरुले सभापतिका सबै उम्मेदवारलाई समान हैसियत दिएको भन्दै सभापतिमा पराजित भएपनि आफ्नो क्रियाशीलतामा कमी नआउने प्रतिबद्धता ब्यत्त गरेका छन् । यस्तै सभापतिका अर्का उम्मेदवार लामिछानेले पार्टीभित्र विचार समुहमाथि निषेध गर्ने प्रवृत्ति बढेकोले त्यसलाई रोक्न आफू उम्मेदवार बनेको बताउँदै काँग्रेसलाई दुर्घटना हुनबाट बचाउन कार्यकर्तालाई हतोत्साहित र अपमानित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक भएकोमा जोड दिए ।
अबको हाम्रो लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचन हुनुपर्छ उनले भने आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेपनि अब हामी एक भइसकेका छौ । कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपानेले पार्टीलाई एक बनाएर आगामी स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि तयारी गर्नुपर्नेमा जोड दिए । नवनिर्वाचित जिल्ला उपसभापति आनन्द कठायतले पार्टीभित्रको निषेधको राजनीतिलाई वर्तमान कार्यसमितिले रोक्दै वैचारिक पार्टीको रुपमा स्थापित गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा जिल्ला सभापतिमा निर्वाचित लामा, उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वरकुमार पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजागार्इंलाई सम्मान गरिएको थियो ।







