अपडेटः १७ सय मत गन्दा बुद्धको अग्रता कायमै
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना अन्तिम चरणमा पुगेको छ ।
खसेको मतमध्ये १ हजार ७ सय मत गणना हुँदा बुद्ध लामाले ५६३ मत प्राप्त गरी अग्रता कायमै गरेका छन् भने लामालाई पछ्याउँदै आनन्दराम पराजुलीले ५२५ मत प्राप्त गरेका छन् ।
जयराम लामिछानेले भने ५१३ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो । गणना हुन बाँकी मत जम्मा ६९ रहेको छ ।







