अपडेटः १५ सय मत गन्दा बुद्धलाई पछ्याउँदै आनन्द
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना अन्तिम चरणमा पुगेको छ ।
खसेको मतमध्ये १ हजार ५ सय मत गणना हुँदा बुद्ध लामाले ४८८ मत प्राप्त अग्रता कायम गरेका छन् भने लामालाई पछ्याउँदै आनन्दराम पराजुलीको ४७२ मत रहेका छन् ।
जयराम लामिछानेले ४५३ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो ।







