अपडेटः १२ सय मत गन्दा पराजुलीलाई पछि पार्दै लामाको अग्रता
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ ।
खसेको मतमध्ये १ हजार २ सय मत गणना हुँदा बुद्ध लामाले ४०३ मत प्राप्त गरी आनन्दराम पराजुलीलाई पछि पारेका छन् । पराजुलीले ३८० मत प्राप्त गरेका छने भने जयराम लामिछानेले ३४९ मत प्राप्त गरेको छन् ।
बदर मत ६८ रहेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो ।







