अपडेटः एक हजार मत गणना सकियो, आनन्दलाई पछ्याउँदै बुद्ध
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये १ हजार मत गणना हुँदा ३३१ मतसहित आनन्दराम पराजुलीको अग्रता कायमै रहेको छ ।
बुद्ध लामाले ३१७ मत प्राप्त गर्दै पराजुलीलाई पछ्याइरहेका छन् भने जयराम लामिछानेले २९७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो ।







