अपडेटः ९ सय मत गन्दा पराजुली अघिअघि बुद्ध पछिपछि
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये ९ सय मत गणना हुँदा ३०१ मतसहित आनन्दराम पराजुलीको अग्रता कायमै रहेको छ ।
बुद्ध लामाले २८३ मत प्राप्त गर्दै पराजुलीलाई पछ्याइरहेका छन् भने जयराम लामिछानेले २७१ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो ।







