अपडेटः ८ सय मत गणना हुँदा पराजुलीको अग्रता कायमै
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये ८ सय मत गणना हुँदा २७८ मतसहित आनन्दराम पराजुलीको अग्रता कायमै रहेको छ ।
बुद्ध लामाले २४१ मत प्राप्त गर्दै पराजुलीलाई पछ्याइरहेका छन् भने जयराम लामिछानेले २४० मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो ।







