७ सय मत गणना हुँदा आनन्दलाई पछ्याउँदै बुद्ध

अखबार हब
२०७८ फाल्गुन १७, मंगलवार ००:५१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये ७ सय मत गणना हुँदा २४० मतसहित आनन्दराम पराजुलीको अग्रता कायमै रहेको छ ।

बुद्ध लामाले २२० मत प्राप्त गर्दै पराजुलीलाई पछ्याइरहेका छन् भने जयराम लामिछानेले २०७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो ।

यस्तो छ परिणाम–
आनन्दराम पराजुलीः २४०
बुद्ध लामाः२२०
जयराम लामिछानेः २०७

यसमा तपाइको मत

Your email address will not be published.


*