अपडेटः ६ सय मत गन्दा पराजुलीको अग्रता कायमै

अखबार हब
२०७८ फाल्गुन १७, मंगलवार ००:४२

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये ६ सय मत गणना हुँदा २१० मतसहित आनन्दराम पराजुलीको अग्रता कायमै रहेको छ ।

बुद्ध लामाले १८१ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले १८० मत प्राप्त गरी पछ्याइरहेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । २९ मत भने बदर भएको छ । निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो ।

यस्तो छ परिणाम–

आनन्दराम पराजुलीः २१०
बुद्ध लामाः १८१
जयराम लामिछानेः १८०
बदरः २९

यसमा तपाइको मत

Your email address will not be published.


*