मतपरिणाम अपडेटः ५ सय मत गन्दा आनन्दरामलाई पछ्याउँदै जयराम
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ ।
खसेको मतमध्ये ५ सय मत गणना हुँदा १७४ मतसहित आनन्दराम पराजुली को अग्रता कायमै रहेको छ भने जयराम लामिछानेले १५७ मत प्राप्त गर्दै पराजुली लाई पछ्याइरहेका छन् ।
बुद्ध लामाले भने १४८ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन् । २१ मत भने बदर भएको छ । निर्वाचनमा एक हजार ७७५ मत खसेको छ ।
यस्तो छ परिणाम:–
आनन्दराम पराजुलीः १७४
बुद्ध लामाः १४८
जयराम लामिछानेः १५७
बदरः २१







