एक सय मत गन्दा सभापतिमा पराजुलीको अग्रता

अखबार हब
२०७८ फाल्गुन १६, सोमबार २३:४५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना जारी रहेको छ । खसेको मतमध्ये एक सय मत गणना हुँदा आनन्दराम पराजुली ४९ मतसहित अगाडि रहेका छन् ।

यता बुद्ध लामाले २९ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले २० मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन् । २ मत भने बदर भएको छ ।

निर्वाचनमा एक हजार ७७५ मत खसेको छ । सभापतिको अन्तिम मत परिणाम करिब चार घण्टामा आइसक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*