काँग्रेस मकवानपुरको भड्किलो चुनावी शैली (भिडियो सहित)
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । हेटौंडा–१ चौकिटोल स्थित डल्फीन चौरमा काँग्रेस मकवानपुरको मतदान भइरहेको हो । काँग्रेसका नेता हरुलाई चुनाब लागेसँगै कार्यकर्ताको भड्किलो चुनावी शैली देखिएको छ ।
मतदान चलिरहँदा समेत चुनावी प्रचार प्रसारको कामलाई भने निकै तिब्रता दिइएको छ । चुनावी प्रचार निकै भड्कीलो र खर्चालु भएको नेता कार्यकर्ताहरुले बताएका छन् ।
काँग्रेसको १४ औ अधिवेशन अन्तर्गत मतदान प्रकृया सञ्चालन भइरहेको हो । निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी मतदान प्रकृया सुरु भएको मतदान अधिकृत गणेश प्रसाद हुमागाईले बताए ।

काँग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका छन् । यता विभिन्न ८ वटा कल्टरमा ८ जना निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरु भोट खसाल्ने छन् ।







