नेपाली कांग्रेस कैलाली सभापतिको मतगणना १० बजेपछि

अखबार हब
२०७८ फाल्गुन १६, सोमबार ०८:४६

धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ ।

धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सोमबार बिहान १० बजेपछि पार्टी कार्यालयमा सभापति पदको मतगणना सुरु गरिने जानकारी दिए ।

कांग्रेसको सभापतिका लागि नारायणदत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार कुल खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुुनेछ ।

पहिलो चरणमा कुनै एक जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सर्वाधिक मत ल्याउने दुई जनाबीच पुनः दोस्रो चरणमा प्रतिस्पर्धा हुुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*