एमाले हेटौंडा नगर कमिटीको जिम्मेवारी बाँडफाड (सुचिसहित)
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपलिका कमिटीले जिम्मवारी बाँडफाँड गरेको छ । शुक्रबार हेटौंडामा भएको कमिटीको तेस्रो पूर्ण बैठकले नगर कमिटीमा विभिन्न जिम्मेवारी बाँडफाँड गरेको हो ।
नगरकमिटी अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठकले पार्टी कामलाई व्यवस्थित गर्न र पार्टी पङक्तिलाई रचनात्मक रुपमा परिचालन गर्न विभिन्न जिम्मेवारी बाँडफाड गर्नुका साथै चुनाव केन्द्रित निर्देशनसमेत गरेको छ ।
बैठकले मनोनयसहित नगर सचिवालयलाई पूर्णता दिनुका साथै विभिन्न विभागीय जिम्मेवारी बाँडफाड गरेको तथा आगामी स्थानीय तह केन्द्रित विभिन्न निर्देशन दिएको नगर कमिटी सचिव बोलबहादुर कार्कीले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य राना, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीलगायत नेताहरुले प्रशिक्षण दिएको उनले जानकारी दिए ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अनन्त पौडेल, प्रदेश कमिटी सदस्यहरु रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, जिल्ला सचिव नवीन सिग्देललगायत जिल्ला कमिटी सदस्यहरु, नगरकमिटी सदस्यहरुको उपस्थिती थियो ।







