एमसीसीको विषयमा सत्ता गठबन्धनभित्रै दोहोरो चरित्र देखियो– बाँस्कोटा

अखबार हब
२०७८ फाल्गुन १३, शुक्रबार २१:४५

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमसीसीको विषयमा सत्ता गठबन्धनभित्रै दोहोरो चरित्र रहेको बताएका छन् । शुक्रबार हेटौंडामा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले उपयुक्त समयमा निर्णय लिने उनले बताए ।

आफ्नो पार्टीले एमसीसी सहयोग परियोजनालाई सत्ताको च्याखे दाउ नबनाएको स्पष्ट पारे । एमसीसी परियोजनाको विषयमा एमालेको स्पष्ट धारणा रहेको बताउँदै उनले भने,–‘पास गराउने वा नगराउने सत्तारुढ गठबन्धनको हातमा छ ।’ ‘अहिले सडकमा ढुङ्गा लिएर आन्दोलनमा र सत्तामा रहेर दोहोरो चरित्र प्रस्तुत गरेका गठबन्धनले एमसीसीको विषयमा निर्णय लिनु पर्नेछ ।’

एमसीसीसँग सत्ताको सम्बन्ध जोडेर एमाले नहिँड्ने स्पष्ट पार्दै अहिलेको परामदेशी सरकारमा हामी सहभागी नहुने र जनमत लिएर सरकारमा सहभागि हुने बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका सदस्य अनन्त पौडेल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*