हाम्रो पार्टी एमसिसिको विरुद्धमा छ : माओबादी नेता बिष्ट
मकवानपुर । नेकपा माओबादी केन्द्र एमसिसिको बिरुद्धमा रहेको नेकपा माओबादी केन्द्र थाहानगर कमिटिका नेता लक्ष्मण बिष्टले बताए ।
नेपालको हितमा एमसिसि नभएकोले केन्द्रमा पार्टीले समर्थन गरेपनि थाहा नगरपालिकाले समर्थन नगर्ने नेता भन्दै बिष्टले शर्त सहितको सहयोग स्वीकार्य नहुने समेत बताए ।
बुधबार नेकपा माओबादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल र अनेरास्ववियु(क्रान्तिकारी) थाहा नगर कमिटिको आयोजनामा शिखरकोटमा भएको बिरोध कार्यक्रममा सम्बोधन गर्दै नेता बिष्टले माओवादी केन्द्रकै कारण हालसम्म एमसिसि पास नभएको समेत बताए ।
वाईसीएल थाहा नगर अध्यक्ष मानसिं दोङले एमसिसि पास भएमा थप आन्दोलनका कार्यक्रम सहित सडकमा आउने जानकारी दिए ।
माओबादी केन्द्र थाहा नगर कमिटि सदस्य राज कुमार कार्कीले संचालन गर्नुभएको कार्यक्रममा वाइसीएल, विद्यार्थी र माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।







