काठमाडौंका विभिन्न स्थानबाट ६ जना बन्दकर्ता पक्राउ

अखबार हब
२०७८ फाल्गुन ४, बुधबार ०८:०५

काठमाडौं । जबरजस्ती बन्द गराउन खोज्ने ६ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेको छ । एमसीसीको विरोधमा विभिन्न ५ कम्युनिस्ट पार्टी र एक मोर्चा संगठनले बन्द आह्वान गरेको हो ।

सुरक्षा व्यवस्था चुस्त बनाइएकाले बन्दको खासै असर देखिएको छैन । तर, बन्द गराउन निस्केहरुले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् ।

तर प्रहरी हस्तक्षेपका कारण अप्रिय घटना हुन भने पाएन । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा ५० वर्षीय मंगलबहादुर मोक्तान छन् ।

बन्द गराउने दलमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*