ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अखबार हब
२०७८ फाल्गुन २, सोमबार १५:०९

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका शेखर मगर रहेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्कबाट हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर सोमबार अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब ७५ मिटर तल खसेको र चालक मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राईलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*