समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा चौलागाईं

अखबार हब
२०७८ माघ २९, शनिबार १४:१२

मकवानपुर । मकवानपुरमा शिव चौलागाईंको नेतृत्वमा समाजवादी प्रेस संगठन नेपाल गठन भएको छ ।

शनिबार हेटौंडामा भएको संगठनको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द न्यौपाने, मञ्जु पुडासैनी र सचिवमा पुष्कर गोलेलाई चयन गरेको छ । समिति सहसचिव विकल्प चौलागाईं, कोषाध्यक्ष राजु बस्नेत तथा सदस्यहरुमा शंकर लामा, शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, प्रेस संगठन केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदी, संगठन केन्द्रीय उपमहासचिव रामकुमार एलन, केन्द्रीय सदस्य शिवकुमार काशी, केन्द्रीय सदस्य तथा बागमती सहइञ्चार्ज राजन दाहाल, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेललगयतलेमन्तव्य व्यक्त ग रेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*