गैंडाको खाग तस्कर २३ वर्षपछि पक्राउ

अखबार हब
२०७८ माघ २५, मंगलवार ०८:५५

चितवन । गैंडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन्।

न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैंडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो। विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँग्र कोभिड–१९ सङ्क्रमण देखिएको थियो। कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए। विसं २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग उनीमाथि लागेको थियो। सो घटनामा १२ जना आरोपित भएका थिए। रासस

यसमा तपाइको मत

Your email address will not be published.


*