मकवानपुरमा फागुन १ गतेबाट शैक्षिक संस्था खुल्दै

सञ्चालन व्यवस्थाको जिम्मा स्थानीय तहलाई
अखबार हब
२०७८ माघ २४, सोमबार १८:४८

मकवानपुर । मकवानपुरमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनमा आउने निश्चित भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार १ आदेश जारी गर्दै फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनको व्यवस्था गर्ने जिम्मा जिल्ला शिक्षा समन्वय समिति र सम्बन्धित स्थानीय तहलाई दिइएको बताएका छन् । ‘विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी संवत २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउने ।’ – प्रमुख जिल्ला अधिकारी पाण्डेद्धारा जारी आदेशको छैठौं बुँदामा भनिएको छ ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन गर्न आदेशमा भनिएको छ । विद्यालय, कलेज, संघ तथा प्रदेश लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सकिने पनि जनाइएको छ । फागुन १ गतेदेखि मन्दिर, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा बढीमा ५० जना भेला भई ध्यान तथा पूजा गर्न सकिने जनाइएको छ । पार्टी प्यालेसमा पनि बढीमा सय जना वा कुल क्षमताको ५० प्रतिशत भेला हुन पाउने प्रजिअको आदेशमा भनिएको छ ।

मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, खोप कार्ड अनिवार्य साथमा राख्ने व्यवस्थालाई अनिवार्ग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*