पशुपतिनगर दुर्घटना अपडेटः घाइते हेटौंडा–१ का घिमिरेको मृत्यु

अखबार हब
२०७८ माघ २४, सोमबार १८:२१

मकवानपुर । पशुपतिनगरको मास्टरचोकमा भएको सवारी दुर्घटनमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक हेटौंडा–१ चाइनाक्वाटरका अन्दाजी ४० वर्षीय अर्जुन घिमिरेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

सोमबार दिउँसो बीरगञ्जबाट हेटौंडा आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००२प ९३६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र चालक भने फरार रहेको प्रहरी निरीक्षक दासले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*