हेटौंडाको नेवारपानीमा सवारी दुर्घटनाः हेटौंडा १० का श्रेष्ठको मृत्यु

अखबार हब
२०७८ माघ २३, आईतवार १७:२२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१० का एक पुरुष रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार दिउँसो मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसाबाट आउँदै गरेको एनएल –०१ एन २९९९ नम्बरको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले ठक्कर ठक्कर दिँदा स्कुटरमा सवार हैटौंडा–१० टिसिएनरोड बस्ने अन्दाजी ५०/५१ बर्षीय बुद्धि बहादुर श्रेष्ठको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए ।

गम्भिर घाईते श्रेष्ठको उपचारको क्रममा हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*