मकवानपुरको सिमभञ्याङमा भारी हिमपात

अखबार हब
२०७८ माघ २१, शुक्रबार ०८:३४

मकवानपुर । उत्तरी मकवानपुरको सिमभञ्याङ र दामन क्षेत्रमा भारी हिमपात भएको छ ।

गएराति वर्षा संगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरोध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

हिमपातले हेटौंडा–काठमाडौं जोड्ने सडकमार्ग त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा बन्द रहेको छ । प्रवक्ता रिमालका अनुसार नगरपालिकासंग समन्वय गरेर हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भईरहेको छ ।

बुढीचौरमा पनि हिमपात !

मकवानपुरको साबिकको बुढीचौर गाबिस वडा नम्बर ५ को हालको मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ मा पनि हिमपात भएको छ । गएराति वर्षा संगै हल्का हिमपात भएको स्थानीय गुञ्जरत्न लामाले जानकारी दिए । उनका अनुसार बुढीचौरको मतान्छे डाँडामा यस वर्षको पहिलो पटक हिमपात भएको हो ।

उनले भनेः वर्षै पिच्छे यहाँको डाँडाहरुमा हिमपात हुने गरेको,यस वर्ष पनि उक्त डाँडा श्रेत्रमा मात्र हिउँ देख्न सकिन्छ । बस्ती क्षेत्रमा भने हिमपात भएको छैन । डाँडाहरु सेताम्मे देख्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*