त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गरे अनिश्चितकालीन तालाबन्दी

अखबार हब
२०७८ माघ १९, बुधबार १४:२६

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन ।

संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बनाउने उद्देश्यका साथ क्याम्पस प्रमुखको जिम्मेवार कार्यकक्ष भित्रै गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति कार्यको घोर भत्सर्ना गर्दछौ ।’

सोही कार्यमा क्याम्पस प्रशासन नै मुकदर्शक बनि अराजक तत्व कै सेवामा लागेको हुनाले हामी संयुक्त विद्यार्थी संगठनहरुले उक्त कार्य रोक्न तथा सच्याउन अनिश्चितकालका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको घोषण गर्दछौ ।

अनेरास्ववियु र नेविसंघ त्रिचन्द्र कमिटीले क्याम्पस प्रमुखको कार्यकक्ष जस्तो साझा र जिम्मेवार स्थानमा आफ्नो संगठनको नामसहित नेपालको नक्सा टाँसेकोले तालाबन्दी गरेको र अनिश्चितकालीन बन्द रहने अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष अशोक भण्डारीले बताए।

मंगलबार त्रिचन्द्रमा तालाबन्दी गर्नेमा संयुक्त विधार्थी संगठनहरु अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू ,अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस कमिटीले गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*