विप्लव समूहको मकवानपुर पार्टी कार्यालयमा विवाद, दुई घाइते
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लब) समूहको नेपला कम्युनिष्ट पार्टीको जिल्ला कार्यालय मकवानपुरमा विवाद भएको छ ।
हेटौंडा–१ स्थित राप्ती वगर नजिकै रहेको पार्टी कार्यालयमा लेनदेनको विषयलाई लिएर विवाद भएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पैसा लेनदेनको विषयलाई लिएर दुई महिलावीच विवाद भइरहेको अवस्थामा पुरुष–पुरुषवीच हात हालाहाल भएको हो । ‘दुवै पुरुषको टाउको चोट लागेको छ । दुवैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।’, वडा प्रहरी कार्यालय हेटौंडा प्रहरी निरीक्षक कृष्ण विष्टका अनुसार रकम लेनदेनको विषयमा महिलावीच विवाद भएपछि दुवै पक्ष घटनास्थलमा उपस्थित भएको देखिन्छ ।
प्रहरीले अहिले दुवै महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगेको छ । यस विषयमा प्रहरीले सोधपुछ गरिरहेको बुझिएको छ । घटनामा घाइते भएका र लेनदेनमा संलग्न महिलाको परिचय खुलिसकेको छैन ।







